लोकसेवाको विज्ञापनविरुद्धका ४ वटै निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं,३ असार ।  लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । लोकसेवाले विभिन्न स्थानीय तहमा ९ हजार १ सय ६२ पदका लागि खुलाएको विज्ञापन समानुपातिक समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबी गर्दै मुद्दा दायर भएका थिए ।

अधिवक्ताद्वय जगतदेव चौधरी र विकास ठाकुरले समावेशी नभएको भन्दै मुद्दा दायर गरेका थिए भने स्थानीय तहमा कार्यरत कर्मचारीहरुले स्थानीय सरकार सञ्चालन ऐनविपरीत विज्ञापन खुलाएको भन्दै मुद्दा दायर गर्नु भएको थियो ।
स्थानीय तहमा कार्यरत करारर अस्थायी कर्मचारीका तर्फबाट १ सय २१ जनाले हिजो सर्वोच्चमा विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८७ को व्यवस्थालाई संवैधानिक परीक्षणको कसीमा राखी विज्ञापन भएको तर त्यसको पालना नभएको उनीहरुको रिटमा जिकिर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here