लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा कम्युनिष्ट नेतृत्वको सरकारको विरोध हुदैनः नेता पौडेल

काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । वरिष्ठ नेता पौडेलले दुई तिहाइ बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्थामाथि अंकुश लगाउनेु काम गरेर जनमतको दुरुपयोग गरिरहेको बताउनुभयो ।

आज काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तक्रिया कार्यक्रममा देश परिवर्तन र आन्दोलनको भावना विपरीतका गतिविधि भैरहेकोले हाम्रो पार्टीले सरकारको विरोध गर्नुपरेको बताउनुभयो ।

नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नुपरेको गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here