लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई कारवाही गर्दे ट्राफिक प्रहरी

web

काठमाडौँ,२९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेन अनुशासन पालना नगर्ने सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको हो ।

कारवाहीमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए ।

महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here