लेखा समितिले एनसेल प्रकरणमा छलफल गर्दै

काठमाडौं, २७ चैत– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बोलाईएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको स्वामित्व खरिदबापतको करका विषयमा समितिलाई जानकारी गराउनु हुनेछ ।

सरकारले एनसेल खरिदबापतको कर मिनाहा गर्ने तयारी गरिरहेकोबारे यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग छलफल गरेको समितिले प्रधानमन्त्रीसँगै थप जानकारी माग्ने निर्णय गरी आजको बैठकमा बोलाएको हो ।

यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसंग त्यसको जवाफ माग गरेको छ ।

समितिले ३ महिनाभित्र एनसेलसंग पुजिगत लाभकर असुल्न अर्थमन्त्रालय र राजस्व विभागलाई निर्देशन दिएपनि सरकारी निकाय संस्थागत रुपमा नै एनसेललाई जोगाउन लागेको आरोप लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here