लुक्लामा समिट एयर दुर्घटना ३ जनाको मृत्यु

काठमाडौं,१ बैशाख ।  लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां आइतबार बिहान ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ । प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here