ला लिगाको उपाधि होड रोमाञ्चक बन्यो

एजेन्सी–  स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ। गएराति भएका खेलमा उपाधि होडमा रहेका रियल मड्रिड र बार्सिलोनाल दुवै विजयी भएपछि उपाधि होड रोमाञ्चक बनेको हो ।
गएराति सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले पराजित गरेको छ । खेलको १० औं मिनेटमा नाचोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै खेलको २३ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले अग्रता दोब्बर पारे। खेलको ४९ औं मिनेटमा सेभिल्लाका लागि जोभेटिकले गोल गर्दै रियलका अग्रता २–१ मा झारे ।
तर, खेलको ७८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। खेलको ८४ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।
गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले लस पाल्मसलाई ४–१ ले पराजित गरेको छ । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३७ खेलबाट ८७ अंक छ भने एक खेल कम खेलेको रियल मड्रिडको ८७ अंक नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here