लाजिम्पपाटमै भेटियो बाघको छाला

काठमाडौं,२४ बैशाख । प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षीय गोबिन्दसिहं महरा रहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here