लागू पदार्थ सहित सुनसरीबाट तीन पक्राउ

सुनसरी-३२ असार,  ठूलो परिमाणको लागू औषध सहित इनरुवा–दुहवी सडक खण्डमा पर्ने गडन पुल नजिकैबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका ९ बविया बस्ने २२ वर्षीय सत्यनारायण मेहता, देवानगन्ज गाउँपालिका–२ बस्ने १८ वर्षीय साजित अन्सारी र सोही गाउँपालिकाको वडा न ७  बस्ने २१ वर्षीय नारायण मेहतालाई छन् ।

उनीहरुका साथबाट प्रहरीले कालो व्यागमा २ हजार ७ सय ८६ स्पाज्मो प्रोक्सिभन क्याप्सुल, ४५ बोतल कोरेक्स डिएक्स, ३ सय २० फाइल नाइट्रोसन, तीन थान मोबाइल र मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताउनुभयो ।

इनरुवा तर्फ गइरहेको को २२ प ५६४८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई गडन पुल नजिकै रोकेर खानतलासी गर्दा लागूपदार्थ बरामद गरेको प्रहरी नायव उपरीक्षक चिमोरियाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here