सुर्खेत, ११ मङ्सिर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ ।
प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताउनुभयो ।
मानव समाजको कलङ्कका रूपमा देखापरेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डरलाग्दो प्रवृत्तिका विरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।”
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी र मदिराका घटना भएको बताउनुभयो । “लागुऔषध र मदिरालगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पु¥याउँछौँ,” प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो । प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको बताउनुभयो ।

