लागुऔषध र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने-गृहमन्त्री थापा

टवल, १४ वैशाख- गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताउनुभएको छ ।

प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आउनुभएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवार र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने बताउनुभयो ।

देशमा शान्तिसुरक्षा र अपराध नियन्त्रयण गर्न सरकार सातै प्रदेशमा प्रदेशस्तरीय कार्ययोजना बनाएर अघि बढ्न थालेको उल्लेख गर्दै गृहमन्त्री थापाले मुलुक संघीयतामा गइसकेकाले सुरक्षा निकायमा देखिएको अन्योल चाँडै अन्त्य हुने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here