एजेन्सी, अजरबैजानको लागुऔषध दुर्व्यसनीहरु राखिएको पुनःस्थापना केन्द्रमा आगोलागी हुँदा २४ जनाको जलेर मृत्यु भएको छ ।
अजरबैजानको राजधानी बाकुमा रहेको एकतले केन्द्रमा आगोलागी हुँदा मृत्यु हुनेमा दुर्व्यसनी र कर्मचारीहरु रहेका छन् ।
३१ जनालाई भने जीवितै उद्धार गरिएको छ । आगोलागीको समयमा त्यहाँ रहेका कर्मचारी र दुर्व्यसनीहरुबीच भागदौड मच्चिएको थियो ।
काठैकाठले बनेको सो घरमा आगोलागी नियन्त्रण गर्न निकै समय लागेको बताइएको छ । विद्युत् शर्ट भइ आगोलागी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
यसैबीच, अजरबैजानका राष्ट्रपति लहाम अलियभले आगोलागी क्षेत्रको निरीक्षण गरेका छन् ।
उनले आगोलागीमा ज्यान गुमाएकाहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

