काठमाडौं,२७ पुस । ललितपुर र उदयुरबाट अवैध लागुऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२ महालक्ष्मीस्थानबाट गाँजा ८ सय ग्राम, नियन्त्रित नाइट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, १ सय एमएमको एक्सिलोन १ बोतल र १ सय एमएमको विनसिरेक्स ३ बोतलसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखत बहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

