लागुऔषधसहित १ युवक पक्राउ

विराटनगर,५ चैत: विराटनगरमा लागुऔषधसहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाँटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २० वर्षीय मोहन साहलाई प्रहरीले पक्राउ गरेको हो।

भारतको जोगवनीबाट विराटनगरतर्फ पैदल आउँदै गरेका साहको साथबााट डाइजेल्याब, एभिल, लुपिजेसिक र स्पास्मोप्रोक्सिभोन लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here