लागुऔषधसहित अन्सारी पक्राउ

काठमाडौं,१३ फागुन । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा आज बिहान उनको साथबाट सो लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

नागढुंगाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here