ललितानिवास जग्गा प्रकरणः ‘४७ वर्षअघि मुआब्जा दिइएको हो’

काठमाडौं,९ जेठ । पञ्चायत पालाका एक मन्त्रीले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिएको खुलासा गरेका छन् ।

२०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ फस्ट मिनिस्टर रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको खुलासा गरेका हुन् ।

त्यति बेला सार्वजनिक संरचन बनाउनकै लागि सरकारले विभिन्न व्यक्तिका नाममा भएका जग्गाजमिन अधिग्रहण गरेको उनले बताए । त्यही क्रममा लक्ष्मीनिवास भैरवनाथ गण, महाराजगञ्ज, ललितानिवास बालुवाटार, सीता भवन बालमन्दिर , महावीरभवन प्रहरी हेडक्वार्टर, बमरमहल र हरिहरभवन पुल्चोक गरी ६ वटा राणाकालीन दरबार मुआब्जा तिरेर सरकारका नाममा ल्याइएको उनले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here