लन्डन आक्रमणमा संलग्न रहेको आशंकामा १२ जना पक्राउ

एजेन्सी–२२, एकपछि अर्को गर्दै आतंकवादी निशानामा पर्दै आएको बेलायतको लण्डनमा शनिबार राति गराइएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जनाको उपचार भइरहेको छ । जसमा २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ ।

तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदै भ्यानमा आएका व्यक्तिले प्रहरी र सर्वसाधारणमाथि अन्धाधुन्द छुरा प्रहार गर्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीमा आक्रमणकारी मारिएका हुन् । प्रहरीले ५० राउण्ड गोली चलाएको जनाएको छ । आक्रमणको विश्वस्तरबाट निन्दा भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here