लगनखेल नजिकै बम विस्फोट

ललितपुर,१२ मंसिर–लगनखेल नजिकै मंगलबार दिउँसो करिब ३ बजे बम विस्फोट भएको छ ।  वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

विस्फोटबाट मानवीय क्षति भएको छैन । स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ ।  विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् ।

विद्यालय नजिक भएको विस्फोटका कारण जमिन खाल्डो परेको छ । पुनर्निर्माणको अभावमा उक्त विद्यालय ६ महिनादेखि सञ्चालन भएको छैन । विस्फोट लगत्तै पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।  घटनाको कसैले जिम्मा लिएको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here