र्फस सेक्युरिटी अफिसमार्फत विदेश पठाइदिन्छु  भन्दै पाँच लाख रुपैयाँ लिने दुईजना पक्राउ

काठमाडौं,१० फागुन । विदेश पठाइदिन्छु भन्दै पाँच लाख रुपैयाँ लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकलाई गएराति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी उक्त रकम लिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here