रोल्पाका जिशिअलाई कालोमोसो

रोल्पा, १२ भदौं– नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् ।

आज बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको बताइएको छ ।
जिल्ला शिक्षा अधिकारीमाथि विद्यालयको ब्लक निर्माण, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको आरोप उनिहरुको छ ।

जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

बैठक हलमा पुगेका ४÷५ जना युवाले कालोमोसो दलेका थिए । युवाहरुको आक्रमणबाट टाउकोमा चोट लागेकाले पौडेलको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here