रोनाल्डोले बनाए अर्को कीर्तिमान

एजेन्सी– रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका शीर्ष ६ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो खेल जीवनमा अहिलेसम्म पोर्चुगलको प्रिमियरा लिगा, इंग्लिस प्रिमियर लिग र ला लिगा गरी ३ सय ६७ लिग गोल गरेका छन् । योसँगै उनी युरोपका शीर्ष ६ लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

उनी इंग्ल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ए, जर्मनीको बुण्डेस लिगा, फ्रान्सको लिग वान र पोर्चुगलको प्रिमियरा लिगामा खेल्ने खेलाडी मध्ये सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।ला लिगा अन्तर्गत शनिबार राति भएको भ्यालेन्सियासँगको खेलमा २७ औं मिनेटमा रोनाल्डोले गरेको गोल ला लिगामा यो सिजन उनले गरेको २० औं तथा समग्र लिगमा गरेको तीन सय ६७ औं गोल हो । रोनाल्डोले इंग्ल्याण्ड तथा टोटनह्यामका स्ट्राइकर जिम्मी ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here