रोकिराखेका २ वटा ट्रकमा आगजनी

नवलपरासी,२९ साउन:अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना२ख २५४८, ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो ।

सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए। प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here