काठमाडौं, १९ बैशाख– रेस्लर हिमालयन टाइगर भरतबहादुर बिसुरालले काठमाडौँ महानरपालिकाको मेयरमा उम्मेद्वार दर्ता गरेका छन्।
दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेद्वार बनेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर बिसुरालले मनोनयन दर्ता गरेका हुन्। स्वतन्त्र उम्मेद्वारका रुपमा उनको मनोनयन दर्ता भएको हो

