काठमाडौं,९ असार-त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विद्येयक तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गर्दै डा. केसीले सो प्रतिस्थापन विद्येयक पारित गर्नुपर्ने बताउनुभयो ।
माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता गर्न पनि उहाँले सरकारसँग माग गर्नु भएको छ । यसैबीच, नेशनल रेजिडेण्ट डक्टर्स एशोसिएसनले भोलि देखि इमर्जेन्सी बाहेकका कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आफुखुशी छात्रवृत्ति परिचालन निर्देशिका २०७५ पारित गर्न लागेको भन्दै त्रिवि शिक्षण अस्पतालमा रहेका रेजिडेण्ट डक्टर्सले सबै शैक्षिक कार्यक्रम बहिष्कार गर्न लागेको एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डले बताउनुभयो ।

