रूकुम पूर्वमा वाम गठबन्धनको अग्रता

रुकुम, २१ मंसिर– रुकुम पूर्वमा वाम गठबन्धनले अग्रता लिएको छ । पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिनुभएको छ । यहाँ एक हजार १५९ मतगणना गर्दा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याउनुभएको छ ।

यस्तै नयाँ शक्ति नेपाल पार्टीका जीतमान पुनले २३२, नेकपा ९माले०का उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले छ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो ।

यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो । पहिले प्रतिनिधिसभाको मतगणना गरेर मात्र प्रदेशसभाको मतगणना शुरु गरिने उहाँले बताउनुभयो । आज रातभरिमा प्रतिनिधिसभाको मतगणना सम्पन्न हुन सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here