रुसी राष्ट्रपतिको निर्देशन, दैनिक ५ घण्टा सिरियामा कारबाही रोक !

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् ।

राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन् । अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन् ।
रुसी सहयोग पाएको सिरियाली सरकारले विद्रोही नियन्त्रित गुटा क्षेत्रमा भिषण आक्रमण गर्दै आएको थियो । आक्रमणमा नागरिक धेरै परेको भन्दै विश्व समुदायले आलोचना गरेपछि रुसले दैनिक पाँच घण्टा आक्रमण रोक्न निर्देशन दिएको हो ।

सो क्षेत्रमा ३ लाख नागरिक फसिरहेको र तिनीहरुको रक्षाका लागि आक्रमणमा रोक लगाइएको बताइएको छ । विगत आठ दिनदेखि जारी आक्रमणमा ५ सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here