रुपन्देहीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

काठमाडौँ,२९ पुस । रुपन्देहीको शंकरपुरमा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारगर्दा तस्कर समूहको एक सदस्यको मृत्यु भएको हो ।

गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको हो । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो ।

त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिएका व्यक्ति करीब ३०र३५ वर्षका पुरुष रहेका छन् । मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका व्यक्तीको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख हृदय थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here