रियल म्याड्रिड विजयी

एजेन्सी–  युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडविरुद्ध जित हात पोरेको छ । एट्लेटिको विरुद्ध रियलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलको १०, ७३ र ६८ औं मिनेटमा रोनाल्डोले गोल गरे । रोनाल्डोको ह्याट्रिकको मद्दतले रियलले जित निकालेको हो ।

पछिल्ला ३ वर्षयता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको यात्रा रियललेनै अन्त्य गरेको छ। पछिल्ला ३ सिजनमा रियलले २ पटक एट्लेटिकोलाई फाइनलमा हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here