रिपोर्टर्स क्लब नेपालले गर्यो ११ पत्रकार पुरस्कृत

काठमाडौ, १७ चैत्र । रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’ का प्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।

रिपोर्टर्स क्लब नेपालको २० औँ स्थापना दिवसको असरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शार्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको हो ।

मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

आचार्यलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार द हिमालयन टाईम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ ।

यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरिएको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी यो वर्षको उमा सिंह स्मृती पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here