राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

र्सा, ६ साउन-प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् ।

विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आज यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई सामान्य घाइते हुँदासमेत लाखौंँ रुपैयाँ राहत प्रदान गरे पनि प्रहरीको गोली लागी घाइते भएकालाई नगण्य राहत प्रदान गरेको आरोप लगाउनुभयो ।

वीरगञ्ज महानगरपालिका–२२ निवासी उपेन्द्र यादवले प्रहरीले चलाएको गोली खुट्टामा लागी आफू घाइते हँुदा ३० महिनासम्म स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा आप्mनो घरजग्गा बिक्री गरी रु १५ लाख खर्च भएकामा शोधभर्ना माग्दा प्रदेश नं २ का मुख्यमन्त्रीले नदिने बताएको भन्दै यस्तो विभेदको अन्त्य गर्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

“मलाई छ जनाको परिवार पाल्न गाह्रो भएको छ, म कामसमेत गर्न सक्षम छैन, आप्mनो परिवारको भरणपोषण तथा बालबालिकाको पढाइको जिम्मा सरकारले लिनुपर्छ ”, उहाँले भन्नुभयो, “यही साउन ३ गते प्रदेश सरकारले वीरगञ्जका दुई जना घाइतेलाई रु तीन लाख राहत प्रदान गरे पनि मलाई रु एक लाख र उपचारमा गरिएको खर्चसमेत दिएनन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here