राष्ट्र बैंकले ७ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं,२७ फागुन । नेपाल राष्ट्र बैंकले ७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज ९सोमबार० मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २६ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७६ साल जेठ २८ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने ५ अर्ब रुपैयाँको ट्रेजरी २०७६ फागुन २७ गते परिपक्क हुनेछ । यस अघि फागुन १९ गते केन्द्रीय बैंकले करिब १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनको ३ अर्ब १३ करोड रुपैयाँको र १ सय ८२ दिनका लागि ५ अर्ब ५२ रुपैयाँको ट्रेजरी जारी भएको थियो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here