काठमाडौँ, २९ फागुन: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको सुरक्षा सम्बन्धमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ ।
रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीद्वारा कलेजमा संयुक्तरुपमा आयोजित १५ दिने उच्चस्तरीय सिसंचार राष्ट्रिय सुरक्षा तालीमका सहभागीलाई आज यहाँ प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकता र राष्ट्रको सुरक्षा गासिएको छ कि छैन त्यसमा विचार पु¥याउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय एकता र राष्ट्रको सुरक्षाअनुसार राष्ट्रिय सुरक्षा नीति बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अरुदेशसँगको व्यापार पनि राष्ट्रिय सुरक्षासँग गाँसिएको छ छैन सो पनि हेर्नुपर्ने बताउँदै राष्ट्रिय चुनौती र खतराबारे सिङ्गो नेपाली एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
स्थायीत्व सत्तामा बस्नेका लागि मात्र चाहिने कुरा होइन भन्नुहँुदै उपप्रधानमन्त्री पोखरेलले हिंसा र लुट नेपाली जनताका लागि सह्य नहुने बताउनुभयो ।

