राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने-भट्टराई

पोखरा, ५ जेठ– नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो ।

देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भन्नुभयो, “मुट्टीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।”

पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उहाँले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here