राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणमा बाम गठबन्धन सहमत

काठमाडौं,२४ असोज– नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा समान धारणा बनाउन छलफल गरेको छ ।

आज दुई दलका प्रमुख नेताहरुले सिंहदरबारमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा समान धारणा बनाउन छलफल गरेका हुन् ।

संसदको कार्यकाल सकिनै लागेकाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउने लगायतका मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरिएको माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिनु भयो ।

दलहरुबीच एकल वा बहुमतीय कुन प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन गर्ने भन्ने सम्बन्धमा सहमति जुटन बाँकि छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने दायित्वबाट सरकार पछि नहटने विश्वास व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here