राष्ट्रिय सभा अर्काे बैठक २९ माघ, आज के भयो ?

web

काठमाडौं,२५ माघ ।  राष्ट्रिय सभा बैठकमा चारवटा विधेयक दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।

आज बसेको राष्ट्रिय सभा बैठकमा जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, निवृति भरण कोष विधेयक, नागरिक लगानी कोष विधेयक २०७५ र विज्ञापन नियम गर्ने विधेयक २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको हो ।

यसैगरी बेपता पारिएका व्यक्तिको छानविन तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ लाई प्रतिनिधि सभाबाट पारित भएको जानकारी राष्ट्रिय सभालाई दिइएको छ । बैठकमा प्रतिपक्षका सांसदहरुले नेपाल विद्यार्थी संघका कार्यकर्तालाई छोड्न माग गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य विन्दा आलेले नेविसंघको विरोध प्रर्दशनको क्रममा कास्कीबाट पक्राउ परेका तीन जना कार्यकर्तालाई रिहा गर्न माग गर्नुभयो ।

प्रदर्शनका क्रममा सरकारी गाडीमा आगजनी गरेको आरोपमा कास्की प्रहरीले परशुराम बस्नेत, विनय पौडेल र डफान भुजेललाई पक्राउ गरी एक सातादेखि हिरासतमा राखेको भन्दै सांसद आलेले विरोध जनाउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक माघ २९ गते मंगलबार ११ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here