राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौं, १ असोज– आज विज्ञान दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ ।

यो दिवश पाँच वर्षअघिदेखि मनाउन सुरु गरिएको हो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा राजधानीको अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको स्मरणमा विज्ञान दिवस मनाउने सरकारी निर्णय भएको थियो ।

तर, अन्तर्राष्ट्रिय स्तरमा भने संयुक्त राष्ट्रसङ्घीय संस्था युनेस्कोको पहलमा सन् २००२ देखि प्रत्येक वर्ष नोभेम्बर १० लाई ‘विज्ञान दिवस’को रूपमा मनाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here