राष्ट्रिय विकास परिषदको बैठक सुरु

काठमाडौं,२० चैत । राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको होटल सोल्टीमा राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्नुभएको छ ।

बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन १५ औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिनुभयो ।

बैंठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु, विज्ञहरुसहित ३५० जनाभन्दा बढिको सहभागिता रहेको छ।

आयोगले सरकारले लिएको ‘समृद्ध नेपाल, सुःखी नेपाली’ नारालाई मुख्य लक्ष्य बनाएर आधारपत्रको मस्यौदा तयार पारेको बताइएको छ। योजनाको आधारपत्र बैशाख पहिलो साताभित्र सार्वजनिक गरिसक्ने प्रवक्ता रुपाखेतीले बताउनुभयो । आधारपत्रको मस्यौदामा कृषि, ऊर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here