राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले कस्तो निर्णय गर्ला ?

काठमाडौं,२८ असार– भूकम्पपछिको पुनःनिर्माणका विषयमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दैछ । अहिले केहिबेरमा बस्ने बैठकमा भूकम्प प्रभावितहरुलाई दिने राहत, बस्ती पुनःनिर्माण र स्थानीय तहको जिम्मेवारीका विषयमा छलफल हुनेछ ।
साथै बैठकमा आगामी आव २०७४÷७५ को बजेट, प्राधिकरणको केन्द्रको संरचनामा परिवर्तन एवम् भूकम्प कम प्रभावित जिल्लामा जिल्ला समन्वय समितिको सचिवालयको कार्यालय खोल्ने विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । प्राधिकरण निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी प्रावधान छ ।
बैठकका प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष गोविन्दप्रसाद पोखरेलले प्राधिकरणले हालसम्म गरेका कामको बिबरण र कार्ययोजना प्रस्तृत गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरुको पनि सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here