काठमाडौं,२४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाउनुभएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागले आज बिहान वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई परिचयपत्र वितरण गरेको थियो ।
विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो चरण अन्तर्गत सबैभन्दा पहिला पाँँचथरमा परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पाँचथरमा ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो ।
परिचयपत्र लिदै प्रधानमन्त्री ओलीले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । विभागले राष्ट्रिय परिचयपत्र वितरण २ वर्षमा सक्ने जनाएको छ ।

