राष्ट्रिय दलित पत्रकार संघ को जिल्ला भेला सम्पन्न

माघ-५, बाँके,नेपालगञ्ज
दलित पत्रकार संघ नेपालको प्रथम जिल्ला भेला बाँकेको सम्पन्न भएको छ । शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष बिनोद पहाडीको प्रमुख उपस्थितीमा जिल्ला भेला सम्पन्न गरिएको छ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके जिल्ला भेलाले अध्यक्षमा रुपा गहतराज, उपाध्यक्षमा भिम नेपाली, सचिवमा कविन्द्र परियार, कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा र सहसचिवमा कुशल दलामी चयन भएका छन । संघको सदस्यमा अनिता बि.क, सपना परियार, पवित्रा परियार, कल्पना नेपाली, तुलविर वि.क., लक्ष्मी सुनार र निर्मला बि.क. चयन भएका छन ।
सो समिति को सल्लाहकारमा शिव कुमार सुनार, पुजन विश्वकर्मा, तिलक नेपाली चयन गरेको छ ।

भेलाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष पहाडीले दलित पत्रकारहरुको समग्र उत्थानकालागि राष्ट्रिय अभियान संचालन गरीएको बताए । दलितहरुले पुख्र्यौली पेशा छाडेर पत्रकारीता क्षेत्रमा प्रवेश गर्ने वातावरण अझैं नबनिसकेको जिकिर गर्दै पहाडीले पत्रकारीता क्षेत्रमा प्रवेश गरीसकेकाहरु समेत यस क्षेत्रमा टिक्न नसक्नु दुखद विषय भएको उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ ५ नं. प्रदेश महासचिव भेषराज बस्नेत, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु र नेकपा ५ नं. प्रदेश सदस्य पुजन विश्वकर्माले शुभकामना मन्तब्य राखेका थिए ।

पत्रकार महासंघ बाँके कार्यसमितिकी उपाध्यक्ष रुपा गहतराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार कविन्द्र परियारले गरेका थिए भने पत्रकार महासंघ बाँके जिल्ला कार्यसमिति सदस्य पवित्रा परियारले स्वागत मन्तब्य राखेकी थिईन ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, ५ नं. प्रदेश अध्यक्ष चिन्ता परियार, सुदुरपश्चिम ईन्चार्ज मिलन परियार, पत्रकार महासंघ केन्द्रिय सदस्य मधु शाही, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेश महासचिव गजेन्द्र गुरुङ, प्रेस संगठन नेपाल बाँकेका सह संयोजक हेमन्त वि.क लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here