काठमाडौं, ३१ भदौं–चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा पार्टीले आगामी असोज ७ र ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
उक्त बैठक स्थानीय तह निर्वाचनको समिक्षाका साथै प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति बनाउन केन्द्रीत हुनेछ ।
यस्तै संसदीय बोर्डको गठन, कार्यकर्ताहरुको खटनपटन, आर्थिक संकलन, अन्य पक्षहरुसित तालमेल, प्रचार कार्यलगायतका विषय समेत बैठकमा छलफलको एजेण्डा रहने प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी दशैं, तिहारपछि पूरै नै चुनावको अभियानमा लाग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

