राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डल बैठक बस्दै

काठमाडौं,२१ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक पनि आज बस्ने भएको छ । संसदीय दलको निर्वाचन र पार्टीको महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो ।
आजको बैठकमा संसदीय दलको नेता चयन र पार्टी महाधिवेशनको मिति पनि तय गर्ने विषयमा छलफल हुने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोली संसदीय दलको बैठक बस्नेछ । भोलिको बैठकले संसदीय दलको नेता चयन गर्ने राजपाले जनाएको छ ।
संसदीय दलको नेताका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी आकांक्षी देखिनुभएको छ ।

संसदीय दलको बैठकपछि चैत २७ गते बस्ने राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here