राष्ट्रियसभा सदस्यको प्रसंग कपोलकल्पितः काँग्रेस नेता निधी

जनकपुरधाम,१५ मंसिर–  नेपाली कांग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यको प्रसंग कपोलकल्पित भएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा निधिले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा असत्य भएको उल्लेख गर्नुभयो ।

निधिले आफ्नो उम्मेदवारी त्यागकाबारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको बताउनुभयो ।

उनले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पार्नुभयो । निधिले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here