काठमाडौं,७ पुस– नेकपा एमाले स्थायी समिति बैठकले राष्ट्रियसभा संविधान अनुसार नै गठन हुनुपर्ने निष्कर्ष निकालेको छ। ललितपुरको भैँसेपाटीमा शुक्रबार बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो।
निर्वाचन आयोगले समानुपातिक परिणाम छिटो सार्वजनिक गर्नुपर्ने र निर्वाचन परिणाम आएसँगै सरकार गठन सुरु गर्ने तयारी गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
सचिव भट्टराईका अनुसार बैठकले सरकार गठन र पार्टी एकताका लागि तयारी थालिहाल्ने निर्णयसमेत गरेको छ। कार्यकर्ताको व्यवस्थापनलाई समय लागे भएपनि कुनै समस्या नभएको बताउनुभयो ।
बैठकमा चुनावको समीक्षा, पार्टी एकता, अध्यादेश, राष्ट्रियसभा गठनमा देखिएको अवरोध र सरकार गठन लगाएतका बारेमा छलफल भएको थियो ।

