राष्ट्रियसभा-विनियोजन विधेयकमाथि छलफल जारी

web

काठमाडौँ, २२ असार-राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालय अन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भयो ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्र नारायणदेवले संघीय लोकतन्त्रलाई बलियो बनाउने होे भने प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित र बलिायो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

परशुराम मेघी गुरुङले अरु मन्त्रालयको तुलनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बढी बजेट छुट्ट्याइएको तथा समग्रमा मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा त्यसो नभएको पाइएको धारणा व्यक्त गर्नुभयो ।

सांसद रामनारायण विडारीले प्रतिपक्षले बहुृमतको सरकार भएर पनि काम गर्न नसकेको उल्लेख गर्दै काठमाडौँ उपत्यकामा सर्वसाधारण ठूलो बसमा सरर यात्रा गर्ने वातावरण बनाउन भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here