राष्ट्रियसभा निर्वाचन तयारीः एमालेले मतदातालाई प्रशिक्षण दिने

web

काठमाडाैं, २९ पुस – राष्ट्रियसभाको निर्वाचनमा मत बदर हुनबाट रोक्न नेकपाएमालेले आफ्ना मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ। सातै वटा प्रदेशमा प्रशिक्षण दिने एमालेको तयारी छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले मतदानबाट राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ । स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ तथा प्रदेशसभा सदस्यको १ भोट बराबर ४८ भोटका रुपमा गणना हुने छ । स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसदहरुलाई एमालेले प्रशिक्षण दिन लागेको हो ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट चुनिनेछन् । बाँकी ३ जनालाई सरकारले मनोनयन गर्ने छ । २ नम्बर प्रदेश बाहेक अन्यत्र प्रष्ट रुपमा एमाले र माओवादीको बहुमत देखिएको छ । दुवै पार्टीले संयुक्त रुपमा उम्मेदवारी दिदै छन् । एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइसकेको छ ।

मापदण्डसँगै पार्टीले प्रशिक्षण पनि दिने तयारी गरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । एकल संक्रमणिय मत प्रणालीका बारेमा अन्योलता हुन सक्ने भएकाले प्रदेश संगठन कमिटिमार्फत प्रशिक्षण दिइने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here