राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि शुरु,के गर्न पाईदैन ?

काठमाडाैं, २२ माघ – माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनकालागि मौन अवधी शुरु भएको छ । निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि गएराति १२ बजेदेखि मौन अबधि सुरुभएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, तथा कुनै पनि प्रविधिको प्रयोग गरेर भोट माग्न नपाइने जनाएको छ ।

मौन अवधीमा चुनाव प्रचारप्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज गर्न सकिने संवैधानिक प्रावधान छ ।

मौनअवधिमा के-के गर्न पाइदैन, यस्तो छ आचारसंहिता
निर्वाचन आचारसंहिता (चौथो संशोधन २०७४) २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू निम्नानुसारका रहेका छन् ।

१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि सुू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ-आˆना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

नागरिकता लिएर मतदान गर्न पाइने
निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आगामी बुधबार अर्थात माघ २४ गते राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट आठ-आठ जना गरी ५६ जना सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा निर्वाचन हुने ५६ सीटमध्ये २४ जना निर्विरोध भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here