काठमाडाैं, ९ माघ – आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दैछ । आईतबार मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरेको आयोगले सोही दिन साँझ ५ बजेसम्म नामावलीमाथी दाबी बिरोधको समय दिएको थियो ।
नामावलीमाथीको उजुरी र दाबी बिरोधमाथी छानबिन सकी आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । सातै प्रदेशका उच्च अदालतमा मतदान केन्द्र तोकेको आयोगले निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरीमाथि छानविन गर्ने जनाएको छ ।
राष्ट्रिय सभा सदस्य अन्तर्गत २४ गते हुने निर्वाचनमा ५६ सदस्य निर्वाचित हुनेछन् । बाँकी ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ । निर्वाचन प्रक्रियाबाट चुनिने ५६ सिटका लागी भोली उम्मेदवारले मनोनयन दर्ता गराउने कार्यतालिका छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेश सभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् ।

