राष्ट्रियसभा बैठकमा “गुठी विधेयक २०७५” फिर्ता हुने

काठमाडौं,१० असार । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाल इन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक २०७६ विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले गुठी विधेयक २०७५ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here