राष्ट्रियसभाः विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकियो

काठमाडौं,१९ असार । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन रकम तथा कार्यक्रममाथिको छलफल सकिएको हो ।

विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकमाथि भएको छलफलमा सांसदले उठाएको जिज्ञासाको भोली(शुक्रबार)देखि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । सम्बन्धित मन्त्रीलाई जवाफ दिनका लागि यही असार २०, २२ र २३ गतेको दिन निर्धारण गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बिहान ११ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here