राष्ट्रियसभाः दुई विधेयक स्वीकृत

काठमाडौँ, २० माघ। राष्ट्रियसभाको आजको बैठकले दुई ओटा विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम निलम्बनको प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले ‘बेपत्ता छानबिन र सत्य निरुपण विधेयकका हकमा समयाभावका कारणले नियम निलबनको सो प्रस्ताव पनि पारित गरेको हो ।

नियमावलीको उक्त प्रस्तावमा “विधेयकमा संशोधन पेश गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र आफूले पेश गर्न चाहने संशोधन सहितको सूचना सचिवलाई दिनुपर्ने” प्रस्ताव छ ।

बैठकले उक्त विधेयक शीघ्र प्रक्रियमामार्फत पारित गर्न ७२ घण्टाको समयावधिलाई एक घण्टा कायम रहने गरी नियम निलम्बन गरेको हो । सांसद बिंडारीले उक्त नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने सांसद ठगेन्द्रप्रकाश पुरी र नैनकला ओझाले प्रस्तावको समर्थन गर्नुभएकाे थियाे।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै सङ्क्रमणकालका कार्य टुङ्ग्याउन सबै सहमतिका साथ समाधानतर्फ लाग्नुपर्ने बताउनु भयाे।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिंडारीले सङ्क्रमणकालीन अवस्थामा नयाँ ऐन चाहिने भएकाले संशोधन आएको बताउँदै शीघ्र परित गर्नुपर्ने बताउनु भयाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here